थप समाचारसोमबार, भाद्र ९, २०७१
संविधानसभा खारेज गर्नुपर्छः वैद्य
–देब पचभैया, पाल्पा
नेकपा–माओवादी अध्यक्ष वैद्यले संविधानसभाबाट संविधान बन्न नसक्ने भएकाले खारेज गर्नुपर्ने बताएका हुन् । पाल्पामा ९ भदौमा भएको पत्रकार सम्मेलनमा उनले भने, “यो संविधानसभाले संविधान बनाउन सक्दैन, त्यसैले खारेज गर्नुपर्छ ।”
उनले संविधानसभाले सबै जनतालाई मान्य नहुने संविधान जारी गरे आफूहरुले नमान्ने बताए । “जनतालाई मान्य नहुने संविधान जारी गरी सरकार अघि बढेमा हामी आन्दोलन गर्छौं,” उनले भने ।
उनले सरकारका गतिविधिले आन्दोलनको स्वरुप तयार गर्ने बताए । सर्वपक्षीय राजनीतिक सम्मेलनले देशलाई निकास दिने उनको भनाइ छ ।

