समाचारशुक्रबार, आश्विन १२, २०६९

चरा ठोक्किनुमात्र दुर्घटनाको कारण होइन: क्याप्टेन शेरचन

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा क्याप्टेन शेरचनले  आफूले जहाज उडाउँदा समेत पटकपटक चरा सँग ठोक्किए पनि बचाएको उदाहरण प्रस्तुत गर्दै जहाजमा भएको प्राविधिक र विमानस्थलको ब्यवस्थापनमा रहेको कमजोरी पनि दुर्घटनाको सहायक कारण भएको आरोप लगाए ।

नेपाली पाईलट विश्वकै सबैभन्दा जोखिम उडान गर्न सक्षम प्रमाणित भईसकेको अवस्थामा चरा ठोक्किएरमात्र दुर्घटना भयो भन्नु उचित नहुने शेरचनको तर्क थियो । उनले विमानलाई मानवबस्तीमा खस्न नदिई खोलामा खसाउनु पाईलटको कुसलताको उदाहरण भएको भन्दै विमानका पाईलट सक्षम रहेको पुष्टि भएको बताए ।

नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले मनहरा खोलामा दुर्घटना भएको सीता एयर विमान दुर्घटनामा पाईलटको कुनै भूमिका नभएको भन्दै प्राविधिक जाँच भएर उडेको विमान चराको कारणले मात्र दुर्घटना परेको दावी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>