समाचारसोमबार, भाद्र ९, २०७१

छलफल तीब्र पार्ने चार दलको निष्कर्ष

हिमालखबर

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा  र नेकपा मालेले संविधान निर्माणलाई प्राथमिकतामा राखेर छलफल अघि बढाउने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ भदौमा बसेको बैठकमा सत्तारुढ चार दलले अरु दलसँग पनि छलफल अघि बढाउने निष्कर्ष निकालेका हुन् ।

बैठकपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधान निर्माणलाई प्राथमिकता दिएर छलफल अघि बढाइने बताइन् । बैठकमा सङ्घीय र शासकीय स्वरूप, न्याय प्रणालीलगायतका विषयमा सत्ताघटक दलहरूबीच सकेसम्म समान धारणा बनाउने छलफल भएको जानकारी दिइन् ।

“संविधानका विवादित विषयमा समयको पाबन्दीलाई समेत मध्यनजर राखेर सबै पक्षसँग संवाद गर्ने र सहमति जुटाउने, सहमति जुटेन भने प्रक्रियामा पनि जानुपर्ने हुन्छ,” उनले भनिन् ।

बैठकमा सरकार सञ्चालनमा देखिएका कठिनाइको विषयमा पनि छलफल भएको छ । सरकार सञ्चालनमा देखिएका कठिनाइलाई सहज बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरुले बताए ।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा भएका समस्याका सम्बन्धमा सहमतिका आधारमा सल्लाह गरेर अघि बढ्ने र संविधानका विवादित विषयमा पनि एकरूपता कायम गर्नेबारेमा छलफल भएको जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>