समाचारमंगलबार, भाद्र १०, २०७१

दिल्लीबाट फर्केका युवक ४५ तोला गहनासहित पक्राउ

हिमालखबर

भारतीय राजधानी नयाँ दिल्लीबाट नेपाल फर्किरहेका बझाङका रवीन्द्र रोकायालाई प्रहरीले पश्चिमी सीमा नाका गड्डा चौकीबाट ९ साउन साँझ अन्दाजी ४५ तोला सुनका गरगहनासहित पक्राउ गरेको छ ।

दिल्लीको उत्तमनगरमा काम गर्ने बताउने रोकायाबाट रिङ, टप, बाला, मङ्गलसूत्र, हारलगायत महिलाका गहना बरामद भएपछि उक्त गहना चोरीका हुनसक्ने प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले बताए ।

रोकायालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

यसअघि पनि भारतमा घरेलु कामदार रहेका विभिन्न व्यक्तिले चोरी ल्याएका गहना, नगद प्रहरीले पटक पटक वरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>