समाचारमंगलबार, भाद्र १०, २०७१

पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा १६ जनाको सिफारिश

हिमालखबर

न्याय परिषदको १० भदौमा बसेको बैठकले रिक्त रहेका पुनरावेदन अदालतको मुख्य न्यायाधीशका लागि नाम सिफारिश गरेको हो । परिषदले मुख्य न्यायाधीशमा नियुक्तिका लागि १६ जनाको नाम सिफारिश गरेको छ ।

परिषदले सिफारिश गरेकामा बलराम बिष्ट, केदारप्रसाद चालिसे, दीपककुमार कार्की, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, शम्भुबहादुर खड्का, गिरिराज पौडेल, शारदाप्रसाद घिमिरे, कोषनाथ शर्मा, मिरा खड्का, बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान छन् ।

सिफारिश भएका न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले मुख्य न्यायाधीशमा नियुक्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>