समाचारबुधबार, भाद्र ११, २०७१

त्रिशूलीमा ट्रक खस्यो, चालक हामफालेर बाँचे

हिमालखबर

चितवनको जलविरेबाट करिब १५० मिटर तल खसेको ट्रकका चालक धादिङ बैरेनीका ३५ वर्षीय गोमनसिंह लामा हामफालेर बाँच्न सफल भए पनि सहचालक १८ वर्षीय नवराज तामाङ भने अहिलेसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

खुद्रा सामान लिएर चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना२ख ६९४४ नम्बरको ट्रक अनियन्त्रित भई ११ भदौ बिहान ४ः३० बजे त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

दुई मोटरसाइकल ठोक्किंदा प्रधानाध्यापकको मृत्यु

उदयपुरको त्रियुगामा तिव्र गतिमा हुइँकिएको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।

त्रियुगा–१ बोक्सेमा मोटरसाइकलको ठक्करबाट त्रियुगा– ७ मोतीगडा बस्ने ४८ वर्षीय यादव कार्कीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

बालमन्दिर मावि बोक्सेका प्रध्यानाध्यापक समेत रहेका कार्की स्थानीय दानबहादुर पौडेलका साथ १० भदौ साँझ स५प ३०३२ को मोटरसाइकलमा आफँै चलाएर मोतिगडातर्फ फर्कदै गरेको बेला त्रियुगा–१ का सुरेन्द्र मगरले चलाएको मोटरसाइकलसँग ठोक्किएका थिए । २० वर्षीय मगर र कार्कीका साथमा रहेका पौडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गाईघाट बजारबाट बोक्सेतर्फ जाँदै गरेको स२प ९७३ नम्बरको मगरले चलाएको मोटरसाइकल तिव्र गतिका कारणका अनियन्त्रित भई कार्कीको मोटरसाइकलमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

कार्कीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ भने घाइते मगर र पौडेललाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले बताएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>