समाचारशनिबार, आश्विन १३, २०६९

घरेलु र व्यवसायिक उपयोगका लागि छुट्टा छुट्टै ग्याँसः प्रधानमन्त्री

हिमालखबर

ग्यास बिक्रेता महासङ्घको महाधिवेशनको १३ असोजमा काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले  ग्यास आपूर्तिलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले आगामी कार्तिक १ गतेदेखि    व्यवसायिक र घरेलु प्रयोजनका छुट्टा छुट्टै सिलिण्डर वितरण गरिने पनि वताए । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो मूल्य र कालोबजारीका कारण बेलाबखत उपभोक्ताले सर्वसुलभ रुपमा ग्यास पाउन नसकेको भन्दै सर्वसुलभ रुपमा आपूर्ति गराउन व्यवसायीको सहयोग आवश्यक हुनुपर्ने वताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले ग्यासमा सरकारले भ्याट छुट गर्नुपर्ने तथा सुरक्षा मापदण्ड पालना गर्न माग गरे ।

मुख्यसचिव लीलामणि पौडेलले सरकारले वार्षिक रुपमा पाँच अर्ब रुपैयाँ ग्यास आपूर्तिमा घाटा बेहोर्ने गरेको बताउँदै विकल्परहित र अत्यावश्यक ग्यास आपूर्तिमा अवरोध गर्ने जो सुकैलाई पनि कारबाही गरिने बताएका थिए ।
नेपालमा १२ हजार ग्यास व्यवसायी रहेको र १२ लाख परिवारले ग्यास उपयोग गर्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>