समाचारशनिबार, आश्विन १३, २०६९

संविधान नबन्नुमा सर्वोच्च दोषी: श्रेष्ठ

हिमालखबर

संयुक्त राष्ट्रसङ्घको ६७ औँ महासभालाई १२ असोजमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधान लेखनको झन्डै ९० प्रतिशत काम पूरा गरेको संविधानसभाले १४ जेठको समयसीमामा कार्यसम्पन्न गर्न नसक्दा नेपालले नयाँ संविधान प्राप्त गर्न नसकेको दावी गरे ।

संविधानसभाबाटै संविधान बनाउन दलहरू संवाद र सहमतिमा जुटेका बताउँदै उनले राजनीतिक नेतृत्व सहमतिमै समाधान खोज्न गम्भीरताका साथ लागिरहेको उल्लेख गरे ।

राष्ट्रिय सहमति नै वर्तमान गतिरोध निकास भएकाले बिना विलम्ब त्यो प्राप्त हुनेमा नेपाली जनता आशावादी रहेका उल्लेख गर्दै उनले प्राकृतिक सम्पदाको समुचित उपयोग गर्दै आर्थिक उन्नतिको बाटोमा अग्रसर हुने नेपालीको आकाङ्क्षामा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>