समाचारशुक्रबार, भाद्र १३, २०७१

मन्त्रिपरिषद् बैठक: चुरे विकास समितिमा सदस्यहरु नियुक्त

हिमालखबर

१३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सदस्यमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुुवार, फुर्वा तामाङ र नागेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा अवैतनिक रहने गरी मृदुला कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी हालैको बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्चबाहेक प्रतिपरिवार राहत स्वरुप रु १ लाख प्रदान गर्ने निर्णय गरेको छ । साथै, स्वास्थ्य मन्त्रालयअन्तर्गत सरकारले मुलुकभर निःशुल्क वितरण गर्दै आएको ४० प्रकारका औषधिको सङ्ख्यालाई बढाएर ७० पु¥याएको छ ।

यु–१६ टोलीलाई ९ लाख

त्यस्तै, सरकारले हालै मलेसियामा सम्पन्न एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा विजेता बनेको नेपालका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा रु ९ लाख दिने निर्णय गरेको सञ्चार मन्त्री डा रिजालले बताए ।

यसैगरी ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन सुन्ने अधिकारीका रुपमा महेशकुमार थापालाई नियुक्त गरेको छ ।

एसियाली विकास बैंकलाई जलविद्युत् क्षेत्रमा गर्ने लगानीमा रु ५० अर्बसम्मको ऋण जारी गर्न स्वीकृत दिएको छ ।

संविधानसभा निर्वाचन सम्पन्न भएको ९ महिनापछि सरकारले मनोनयन गर्ने २६ मध्ये १८ जनाको मनोनयन गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>