समाचारशुक्रबार, भाद्र १३, २०७१

सभासदको सूचिबाट रुक्मिणी कोइरालाको नाम हटाइयो

हिमालखबर

१३ भदौ दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले सरकारले मनोनित गरेका १८ सभासद्मध्ये रुक्मिणी कोइरालाको पनि नाम पढेर सुनाएका थिए । तर, बेलुका मन्त्रिपरिषद् सचिवालयले विज्ञप्ति जारी गरी १७ सभासदको मनोनयन भएको जनाएको छ ।

यसअघि कांग्रेसका तर्फबाट समानुपातिकतर्फको सूचिमा रहेकी कोइरालालाई सरकारले सभासदमा मनोनयन गर्नु सर्वोच्च अदालतको आदेश विपरित भएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले कोइरालाको नाम मनोनित हुने व्यक्तिको सूचिबाट हटाइएको बताएका छन् । कोइरालाको नाम गल्तीले सूचिमा परेको र अहिले हटाइएको रिजालले बताए ।

२६ सभासद मनोनयन सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले समानुपातिक सूचिमा भएका वा प्रत्यक्षतर्फ चुनाव लडेका उम्मेदवारलाई सभासद नबनाउन भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>