समाचारशनिबार, भाद्र १४, २०७१
कक्षा १२ विज्ञानतर्फको नतिजा प्रकाशित
उच्च माध्यमिक शिक्षा परिषद्ले गत १९ वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा १४ भदौमा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्राक दुर्गा अर्यालका अनुसार नियमिततर्फ ३६ हजार ७२७ मध्ये ७०. ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको पनि अर्यालले जानकारी दिए ।
त्यस्तै, आंशिकतर्फ सहभागी ६ हजार ८४२ मध्ये ३८.२१ प्रतिशत मात्रै उत्तिर्ण भएको र ७ जनाको नतिजा रद्द गरिएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस
