समाचारशनिबार, भाद्र १४, २०७१
बस दुर्घटनामा तीनको मृत्यु
ना४ख १३९५ नम्बरको यात्रुबाहक बस १४ साउन बिहान ११ बजे गोरखाको बगुवाखान्चोक बजार नजिकै दारेगौडामा दुर्घटना हुँदा ३ जना घाइते भएको र करिब १५ जना घाइते भएको प्रहरी निरीक्षक प्रदीप कार्कीले जानकारी दिएका छन् ।
दुर्घटनामा मृत्यु हुनेको पहिचान भइ सकेको छैन भने स्थानीय र प्रहरी उद्धारमा जुटेका छन् ।
घाइतेहरुलाई बगुवा उपस्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । गम्भीर घाइतेलाई भने जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
