थप समाचारआइतबार, भाद्र १५, २०७१

नेपाली मुलका युवक विश्वका अग्रणी अर्थशास्त्री

हिमालखबर

नेपाली मुलका युवा पराग पाठक आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने ४५ वर्ष मुनीका २५ अर्थशास्त्रीहरुमध्ये एक भएको आइएमएफको प्रकाशन ‘फाइनान्स एण्ड डेभलपमेन्ट’ ले उल्लेख गरेको छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक ३४ वर्षीय पराग पाठक अमेरिकामै जन्मे हुर्के पनि नेपाली आमाबाबुका सन्तान हुन् ।

अप्लाइड म्याथम्याटिक्सका स्नातकोत्तर पाठकले हार्वार्ड विश्वविद्यालयबाट विजनेस इकोनमिक्समा विद्यावारिधि गरेका छन् । उनी अमेरिकाको नेशनल ब्यूरो अफ इकोनमिक रिसर्चमा पनि रिसर्च एशोसियट भैसकेका व्यक्ति हुन् ।

एफ एण्ड डीले प्रकाशन गरेको २५ जनाको सूचिमा २३ जना अमेरिकाकै विश्वविद्यालयमा अध्ययन् गरेकाहरु छन् भने एक जना बेलायत र एकजना फ्रान्समा ।

त्यसैगरी उक्त सूचिमा अधिकांश अमेरिकी र दोस्रोमा फ्रान्सेली परेका छन् भने भारतीय नागरिक १ जना छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>