समाचारआइतबार, भाद्र १५, २०७१
एमाओवादीले झमेला गरिरहेको छः नेता नेपाल
नेकपा एमाले नेता नेपालले अघिल्लो संविधानसभा विघटनमा एमाओवादीकै हात रहेको जिकिर गरेका छन् । आरोप लगाएका उनुभएको छ । व्यवथापिका संसदको १५ भदौमा बसेको बैठक अवरोध भएपछि बाहिरिने क्रममा उनले भने, “संविधानसभामा निर्वाचन हारेदेखि नै उसले निहुँ खोजिरहेको छ ।”
एमाओवादीले कहिले कुन मोर्चा र कहिले कुन गठबन्धन भन्दै समस्या खडा गरिरहेको नेता नेपालको आरोप छ । उनले वार्तामा बस्दा स्पष्ट कुरा गर्ने नगरेकाले माओवादीलाई पदमा नरहेर सत्ता बाहिर बस्दाको पीडा भइरहेको बताए ।
“२ जेठ २०६९ मा भएको सहमतिबाट एमाओवादी नै पछि हटेका कारण संविधान बन्न नसकेको हो,” नेपालले भने । उनले विद्यमान गतिरोधलाई पुनः वार्तामा बसेर सहमतिमा पुग्नुपर्नेमा जोड दिए ।
रासस
