समाचारसोमबार, भाद्र १६, २०७१

मलाई क्यान्सरले केही गर्न सक्दैनः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री कोइरालाले क्यान्सरले आफूलाई केही गर्न नसक्ने जिकिर गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा १६ भदौमा प्राकृतिक प्रकोपपीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गगर्दै उनले भने, “मलाई क्यान्सरले पनि केही गर्न सक्दैन, मैले नै क्यान्सरलाई खाइसकेँ ।”

उनले देश विकासका लागि काम गर्ने समय आएको पनि बताए । उनले भने, “६० वर्षदेखि मुलुक अँध्यारोमा रहेको छ, अब विकासका लागि जोड दिने बेला भएको छ ।”

देश विकासका लागि साथ दिन उनले सबैसँग आग्रह गरे । जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भइसकेको भन्दै उनले अबको समय विकास निर्माणमा लगाउनुपर्ने विचार व्यक्त गरे ।

“अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ,” उनले भने, “नेपालले उज्यालो पाउँछ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>