समाचारसोमबार, भाद्र १६, २०७१
बेपत्तामध्ये १३४७ को अवस्था अझै अज्ञात
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) र नेपाल रेडक्रस सोसाइटीले सार्वजनिक गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वको अवधिमा बेपत्ता ३ हजार ७७७ मध्ये अझै एक हजार ३४७ जनाको अवस्था अज्ञात रहेको देखिएको हो । अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसर पारेर आईसीआरसी र रेडक्रसले १६ भदौमा ‘नेपालका बेपत्ता भएका व्यक्तिहरुः अद्यावधिक सूची २०७१’ प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
ती संस्थाले २०६४ सालदेखि बेपत्ता भएका व्यक्तिहरुको विषयमा प्रतिवेदन प्रकाशित गर्दै आएका छन् ।
कार्यक्रममा शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता भएकाको उच्च प्राथमिकताका साथ सरकारले खोजबिन गरिरहेको बताए । उनले द्वन्द्वपीडित जनतालाई राहत तथा पुनःस्थापनाका लागि सरकार लागिपरेको जिकिर गरे ।
रासस
