समाचारसोमबार, भाद्र १६, २०७१

नेपाली व्यापारीमाथि भारतमा गोली प्रहार

हिमालखबर

रौतहट जिंगडवा बेलविछवा–२ र गम्हरिया विर्ता गाविस भुसहाका भैंसी व्यापारीमाथि भारतको सीतामढीमा गोली प्रहरी भएको हो । भैंसी किन्न सँगै भारत गएको बेला बेलविछवाका शेख सराजुल र भुसहाका शेख खहेरु मन्सुरमाथि १५ भदौ साँझ गोली प्रहार भएको हो ।

सीतामढी जिल्लाको सुपी प्रखन्डको ससौला गाउँनजिक उनीहरुमाथि गोली प्रहार भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिए । मोटरसाइकलमा गइरहेका अवस्थामा उनीहरुमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

गोली प्रहारबाट दुवै जना घाइते छन् । उनीहरुलाई भारतको सुपी प्रखन्ड थाना प्रभारीले उद्दार गरी निजी अस्पतालमा पुर्‍याएका थिए ।

दुवै जनाको भारतमै उपचार भइरहेको रौतहटका प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । उनले घटनाको कारण अझै थाहा पाउन नसकेको बताए ।

सञ्जय साह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>