समाचारसोमबार, भाद्र १६, २०७१

ओलीले ‘गुटको राजनीति’ नछोडेको नेपाल पक्षको आरोप

हिमालखबर

नेकपा एमालेको पदाधिकारी बैठकमा नेपाल समूहले अध्यक्ष ओलीको कार्यशैलीको चर्को आलोचना गरेका छन् । कार्यवाहक अध्यक्ष वामदेव गौतमले १६ भदौमा बोलाएको पदाधिकारी बैठकमा नेपाल पक्षले अध्यक्षको कडा आलोचना गरेका हुन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाइएका नेता माधवकुमार नेपालले गुटको राजनीति नगर्न चेतावनी दिएको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

पार्टी अध्यक्षले गुटको राजनीति नछोडेकाले आलोचना गर्न बाध्य भएको सचिव योगेश भट्टराईले हिमालसँग बताए । उनले भने, “छोटो अवधिमै पार्टी अध्यक्षको कार्यशैली प्रष्ट गुटबन्दी देखिने गरी भएकाले बिरोधमा उत्रिएको हो ।”

२६ सभासद् मनोनयनमा पद्दति मिचिएको भन्दै नेपाल पक्षबाट निर्वाचित सचिव भट्टराईले वक्तव्य जारी गरेर असन्तुष्टि व्यक्त गरेका थिए । अध्यक्ष ओलीले एकपछि अर्काे निर्णय गुटबन्दीको आधारमा गरेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।

सभासद् मनोनयनबाहेक संसदीय समितिको सभापति र ७२ जिल्लामा नियुक्त गरिएको सुकुम्बासी आयोगका विषयमा नेपाल पक्ष असन्तुष्ट छ ।

ओली पक्षबाट निर्वाचित केन्द्रीय सदस्य शेरधन राईले असन्तुष्टिको जवाफ पार्टी अध्यक्ष स्वेदश फर्केर दिने हिमालसँग बताए । उनले भने, “प्रक्रियाकै आधारमा पार्टी अध्यक्षले निर्णय गर्दै आएकाले असन्तुष्ट हुनुपर्ने ठाउँ छैन ।”

संविधान निर्माणका विवादित विषयमा पार्टीको आधिकारिक धारणा बनाउन १६ भदौमा एमाले पदाधिकारी बैठक बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>