समाचारमंगलबार, भाद्र १७, २०७१
तीन दल र नेकपा–माओवादीबीच बालुवाटारमा वार्ता
संविधानका विवादित विषय गोलमेच सम्मेलनमार्फत टुंगो लगाउन माग गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र प्रमुख तीन दलबीच बालुवाटारमा वार्ता जारी छ ।
वार्तामा नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरु सहभागी छन्।
संविधान सभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद समितिसँग वार्ता नगर्ने अडान लिएपछि मुख्य दलका शीर्ष नेताहरुसँग वार्ता हुन लागेको हो।
एमाओवादीले संविधान निमार्ण प्रक्रियामा नेकपा-माओवादीलाई पनि ल्याउनुपर्ने माग राखेको थियो ।
