थप समाचारबुधबार, भाद्र १८, २०७१

नेपाल प्रहरीद्वारा बाढी–पहिरो पीडितलाई २ करोड

हिमालखबर

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीकातर्फबाट दैवी प्रकोप उद्धार कोषलाई रु २ करोड १ लाख ११ हजार १११ को चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा १८ भदौमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई अर्यालले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीले हवल्दारसम्मका प्रहरीबाट आधा दिनको, कनिष्ठ प्रहरी अधिकृतबाट एक दिनको र वरिष्ठ प्रहरी अधिकृतबाट दुई दिनको तलब कट्टागरी सो रकम सङ्कलन गरेको हो ।

प्रधानमन्त्री कोइरालाले दैवी प्रकोप उद्धार र राहत वितरणका साथै राहत सङ्कलनमा नेपाल प्रहरीले गरेको कामको सराहना गर्दै भने, “आफ्नो पेट काटेर पनि विपद्मा परेकालाई सहयोग गर्ने सहृदयीलाई म धन्यवाद दिन्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>