समाचारबुधबार, भाद्र १८, २०७१

उपकुलपतिहरुलाई प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारमा बचाउन सकिंदैन ’

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा १८ साउनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्य सचिवसहित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले प्रधानमन्त्री कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै पदाधिकारीलाई नियन्त्रणमा लिने कार्यले काम गर्ने जाँगर घटेको भन्दै गुनासो गरेका छन् ।

उपकुलपतिहरूले अख्तियारले प्राज्ञिक क्षेत्रको गरिमा ख्याल नगरेको, बेरुजु र भ्रष्टाचारबीचको अन्तर नबुझेका अनुसन्धान अधिकृतहरू खटाएर विश्वविद्यालयको गरिमामा आँच पुग्ने काम गरेको जस्ता गुनासो गरेको अनुदान आयोगका अध्यक्ष परासर कोइरालाले जानकारी दिए ।

अनुसन्धान अधिकृतहरूले प्राज्ञहरूको अपमान गरेको र आफ्ना आर्थिक र प्रशासनिक नियमअनुरुप काम गरेका स्वायत्त संस्थामा पनि निजामती सेवाको जस्तो परिपाटी खोजेर हतास बनाउने गरेको प्रधानमन्त्रीलाई सुनाइएको कोइरालाले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री कोइरालाले विश्वविद्यालय जस्ता शैक्षिक र प्राज्ञिक संस्थाहरूमा आर्थिक अनियमितता र भ्रष्टाचारका समाचार सुन्नुपर्दा निकै पीडा अनुभव भएको बताएका थिए ।

“मैले गल्ती गरे भने म पनि सजायको भागीदार बन्नुपर्दछ, आर्थिक अनियमितता र भ्रष्टाचारमा कसैले कसैलाई बचउन सक्दैन,” कोइरालालाई उद्धृत गर्दै उनका प्रेस संयोजक प्रकाश अधिकारीले भने ।

उनले अख्तियार संवैधानिक आयोग भएकाले उसको काममा हस्तक्षेत गर्न नमिल्ने जानकारी गराउँदै विश्वविद्यालयमा अख्तियारले गरेको कार्यले अन्याय परेको भए त्यसबारेमा बुझ्ने बताएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>