समाचारबुधबार, भाद्र १८, २०७१
घुुस बाँडफाँड विवादमा प्रहरीबीच कुटाकुट
पर्साको पिडारी
गुठीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खड्का र इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी जवान सुरेन्द्र कलवारबीच गांजा तस्करबाट असुल भएको घुस रकमबारे विवाद चर्किएपछि कुटाकुट भएको छ ।
इलाका प्रहरी कार्यालय सेढवामा कार्यरत नेपाल प्रहरीका घुमुवा जवान सुरेन्द्र कलवारले पिडारी गुठीको नाममा तस्करबाट उठाएको रकम आफूलाइ नदिएको भन्दै सहायक प्रहरी निरीक्षक खड्का कलवारमाथी जाइलागेपछि दुवैजनाबीच कुटाकुट भएको प्रत्यक्षदर्शी प्रहरीले बताएका छन् ।
भनाभनबाट शुरु भएकोे विवाद बढ्दै जाँदा इलाका प्रहरी कार्यालय सेढवा परिसरमै मुक्का हानाहान भएको थियो ।
घटनाबारेमा जानकारी भएपछि आवश्यक कार्वाहीका लागि दुवैजनालाइ वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालयमा झिकाइएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
