थप समाचारबिहीबार, भाद्र १९, २०७१
संविधानसभा बाहिर कुनै सम्झौता नगर्न राप्रपा नेपालको चेतावनी
संविधानका अन्तर्वस्तुमा राजनीतिक सहमति जुटाउन प्रमुख तीन दलका नेताहरू सिंहदरबारमा बैठक बसिरहेका बेला राप्रपा नेपालले विज्ञप्ति प्रकाशित गर्दै संविधानसभा बाहिर रहेर तीन दलले गरेको सम्झौता मान्न आफूहरु बाध्य नहुने बताएको छ ।
पार्टी अध्यक्ष कमल थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सीमित राजनीतिक दलहरुको बीचमा सम्झौता गरी संविधान सभामा लाद्न भइरहेको प्रयासप्रति घोर आपत्ति छ।”
संविधानसभालाई उपेक्षा गरी तीन दलका बीचमा भएका र हुने सम्झौतालाई अस्वीकार गर्ने जारी विज्ञप्तिमा भनिएको छ।
मुख्य तीन दलले संविधान सभाको चौथो शक्तिलाई उपेक्षा गरेको भन्दै थापाले यस्ता क्रियाकलाप्रति संविधान सभामा लिखित रुपमै असहमति जनाउने पनि विज्ञप्तिमा उल्लेख छ।
