समाचारबिहीबार, भाद्र १९, २०७१
तीन दलको बैठकमा सहमति भएन
संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सचिवालय सिंहदरबारमा १८ वैशाख विहानैदेखि प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा दलहरुबीच प्रदेशको संख्या र नामाकरणमा कुनै सहमति हुन सकेन ।
बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच ठोस छलफल नभएको भन्दै बैठक १९ भदौमा पुनः बस्ने जानकारी दिए ।
संविधानका अन्तर्वस्तु मध्येका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा साझा धारणा नजिक पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आजको बैठकमा एमाओवादीलाई सहमतिमा ल्याउने तयारी गरेका थिए ।
बैठकपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले राज्य पुनःसंरचनाको ढाँचा र आकारबारे छलफल भए पनि मतैक्य हुन नसकेको बताइन् ।
“अझै तीनदिन एकपक्षीय र बहुपक्षीय छलफल जारी हुन्छ, ” भण्डारीले जानकारी दिइन् ।
