थप समाचारबिहीबार, भाद्र १९, २०७१
८८ किलो चाँदीसहित ४ जना पक्राउ
पर्सा प्रहरीले अवैध चाँदी सहित चार जनालाई १९ भदौ बिहान पक्राउ गरेको छ । मोटरसाइकलको सिटमुनी लुकाएर चाँदी लगिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज छपकैंया–२ का राधेश्याम साह सोनार, लक्ष्मणकुमार सर्राफ, राकेश सर्राफ र बारा इटियाही–२ का राजेश साह छन् । उनीहरुले चाँदी लैजान प्रयाग गरेको ना १७ प ३७९२, ना १३ प ५१९८, ना ४ प ४६३१ र ना ३१ प ८१५३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ लगिरहेको अवस्थामा शंकराचार्य गेट अगाडीबाट चाँदी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको चाँदीको बजार मुल्य रु.६१ लख ८० हजार बराबर छ ।
बिम्मी शर्मा, वीरगञ्ज

