समाचारबिहीबार, भाद्र १९, २०७१

६ देशमा राजदूत सिफारिश

हिमालखबर

सिंहदरबारमा १९ भदौमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो । सरकारले सहसचिव खगनाथ अधिकारी (थाइल्यान्ड), अम्बिकादेवी लुइँटेल (फ्रान्स), कालीप्रसाद पोखरेल (क्यानडा), यज्ञबहादुर हमाल (कुबेत), अमृतबहादुर राई (दक्षिण अफ्रिका) र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोगमा दीपक धिताललाई सिफारिश गरेको छ ।

सिफारिश भएकालाई संसदीय समितिमा सुनुवाइ हुनेछ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने प्रावधान छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>