थप समाचारशुक्रबार, भाद्र २०, २०७१

कश्मीरमा बाढीः जन्ती जाँदै गरेका ५० सहित ७७ को मृत्यु

हिमालखबर

तस्वीर साभार: नवभारत टाइम्स

भारतीय सञ्चारमाधयमहरुका अनुसार कश्मिरको रजौरी नदीमा आएको बाढीले जन्ती जाँदै गरेको बस बगाउँदा ५० जनाको मृत्यु भएको छ भने थप २७ जनाको विभिन्न ठाउँमा डुबेर मृत्यु भएको छ ।

अधिकारीहरुले नदीबाट अहिलेसम्म ४ वटामात्रै शव निकालिएको र थप शब बग्न नदिन नदीमा जाली लगाइएको बताएका छन् ।

कश्मीरका प्रशासकका अनुसार राहत र बचाउ कार्य शुरु गरिएको भए पनि ख़राब मौसमले वाधा पुर्‍याइरहेको छ ।

सञ्चारमाध्यमहरुका अनुसार एक हज़ारभन्दा बढी घर बाढीले बगाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने उनीहरुले बताएका छन् ।

कश्मीर उपत्यकाका झेलम र सिंधु नदी र जम्मुको चिनाब नदीमा जलस्तर ख़तरा भन्दा माथि पुगेको छ ।

तस्वीर साभार: नवभारत टाइम्स

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>