समाचारशुक्रबार, भाद्र २०, २०७१

संविधानसभाः कार्यतालिका संशोधन हुने

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

अघिल्लो संविधान निर्माणको कार्यतालिका २४ पटक संशोधन गरेका दलहरुले यसपाला पहिलो पटक कार्यतालिका परिवर्तन गरेर त्यसको शुरुवात गर्दैछन् ।

संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन कार्यतालिका अनुसार २१ भदौसम्मको म्याद तोकिएको भए पनि २० भदौसम्ममा सहमति हुने सम्भावना देखिएको छैन । यसैबीच संवैधानिक तथा राजनीतिक सम्बाद सहमतिका सभापति बाबुराम भट्टराईले सहमतिका लागि केही समय थपिनुपर्ने बताएका छन् ।

भट्टराईले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी समय सीमा थप्न आग्रह गरेका हुन्।

राज्यको पुनर्संरचना, शासकीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुटाउन समितिको बैठक बसिरहे पनि दलहरुका आ–आफ्नै अडानले सहमति जुट्न सकेको छैन।

“राज्यको पुनर्संरचना, शासकीय स्वरुप लगायतका विषयमा सहमति जुटाउन अझै केही समय आवश्यक पर्ने हुँदा सहमतिका लागि समयावधि थप्नु पर्छ,” भट्टराईले भने ।

संविधान सभाले सहमतिकलागि मिति थप्न सक्ने प्रावधान छ ।

यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि एक महिनाको समय थप गर्नु उचित हुने बताएका थिए ।

कांग्रेस र एमालेले भने सहमति भएका र असहमति रहेका सबै बुँदा समावेश गरेर संविधानसभामा प्रक्रियाका लागि लैजानुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>