थप समाचारशुक्रबार, भाद्र २०, २०७१

गैरइञ्जिनियरलाई एमडी बनाएको विरोधमा टेलिकमका इञ्जिनियर आन्दोलित

हिमालखबर

नेपाल टेलिकममा सरकारले पहिलोपटक गैर इञ्जिनियरलाईे प्रवन्ध निर्देशकमा नियुक्त गरेपछि त्यहाँ कार्यरत इञ्जिनियरहरु २० भदौ बिहानदेखि टेलिकम मुख्यालयमा धर्ना बसेका छन् ।

टेलिकमको सञ्चालक समितिले प्रवन्ध निर्देशक नियुक्ति गर्नुपर्ने नियम हुँदाहुँदै सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले ठाडो हस्तक्षेप गरी गैरइन्जिजिनियरलाई नियुक्ति गरेको आन्दोलनकारीको आरोप छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको एघारौं तहमा कार्यरत चार्टड एकाउन्टेन्ट बुद्धि आचार्यलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको छ।
यसैवीच टेलिकमका उप निर्देशकसहित डेढ दर्जन इञ्जिनियरहरु १५ दिनका लागि विदामा बसेका छन् ।

उनीहरुले २२ भदौदेखि सबै इञ्जिनियर विदामा बस्ने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>