समाचारसोमबार, आश्विन १५, २०६९

मधेशी र जनजाति पार्टीहरुको मोर्चा गठन

हिमालखबर

१५ असोजमा राजधानीमा आयोजित घोषणा सभामा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपाल, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, ताम्सालिङ् नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान स्वायत्त राज्य परिषद, नेपाल शान्ति समाज पार्टी र जनमुक्ति पार्टीले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी गराए । मोर्चाले उपेन्द्र यादवलाई संयोजक तोकेको छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीका अनुसार बहिष्करणमा परेकाहरुको नयाँ शक्ति बनाउने उद्देश्यले मोर्चाको गठन गरिएको हो । उनले भने “नयाँ संविधानमा पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्नेमा मोर्चाले दवाब सिर्जना गर्नेछ ।” त्यस्तै राष्ट्रिय सहमति निर्माणका लागि वर्तमान सरकारको बहिगर्मन हुनुपर्नेमा मोर्चाले जोड दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>