समाचारशुक्रबार, भाद्र २०, २०७१
चार दल सम्मिलित कार्यदलको बैठक बस्न सकेन
१९ भदौमा बसेको चारदलको बैठकले संविधानसभा बाहिर रहेका माओवादी लगायतका दललाई संविधान लेखनमा सहभागी गराउन चारदलका नेता सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदलले नेकपा–माओवादीको माग बमोजिम ‘राष्ट्रिय राजनीतिकसभा’ आयोजनाका लागि मिति, प्रारूप र क्षेत्राधिकारका विषयमा प्रतिवेदन तयार पारी चार दलका शिर्ष नेताको बैठकमा प्रस्तुत गर्ने कार्यादेश पाएको थियो ।
कार्यदलको बैठक २० भदौमा बस्ने भनिए पनि बस्न नसकेको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।
उनले भने, “बैठकको लागि आज खबर गर्छौ भन्नुभएको थियो, तर साँझ सम्म कुनै खबर आएन ।”
कार्यदलमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नरहरि आचार्य, नेकपा (एमाले)का भीम रावल र अग्नि खरेल, एकीकृत नेकपा(माओवादी)का कृष्णबहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा–माओवादीका देव गुुरुङ र पम्फा भुसाल रहेका छन् ।
