समाचारशनिबार, भाद्र २१, २०७१
‘गोलमेच सम्मेलनः संविधान बन्न नदिने षडयन्त्र’
रफत सञ्चार क्लबले २१ भदौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने, “गोलमेचका नाममा आफ्ना सिन्डिकेट खडा गर्दै संविधान बन्न बाधा गर्ने तत्व सक्रिय भएका छन्, यिनकै कारणले संविधान अनिश्चित भएको छ । ”
प्रमुख दलकै कमजोरीका कारण संविधानका महत्वपूर्ण विषयमा सहमति जुट्न नसकेको दाबी गर्दै बिजुक्छेले संसद र संविधानसभा एउटै भएको र संविधानबाहेकका अन्य काममा पनि संविधानसभामा छलफल गर्नुपर्ने भएका कारण कार्यतालिकालाई प्रभावित पारेको बताए ।
अहिले कै अवस्था जारी रहे माघ ८ गते संविधान जारी हुन नसक्ने बताउँदै उनले गोलमेच सम्मेलनभन्दा संविधान निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् ।
