समाचारआइतबार, भाद्र २२, २०७१
‘सुनकोशीको ताल फुटेर आएको बाढीले कोशीमा असर गर्दैन’
सुनकोशी ताल फुटेपछि कोशी व्यारेज कन्ट्रोल कक्षले ताल एकै पटक नफुटेको र पानीको बहाव खतरानक नभए पनि सतर्कता भने अपनाइएको बताएको छ ।
“सुनकोशीको ताल फुटेपनि कोशी व्यारेजमा कुनै प्रभाव पार्ने सम्भावना छैन,” कोशी व्यारेज कन्ट्रोल कक्षका प्रमुख सुखविन्दर सिंहले भने, ‘‘अहिले व्यारेजमा पानीको चाप छैन, त्यसैले सुनकोशीको पानीले केहि प्रभाव पार्दैन ।’’
२२ भदौ दिउँसो कोशीमा पानीको बहाव १ लाख ६० हजार क्यूसेक प्रति सेकेण्ड छ । सुनकोशीको ताल फुटेपछि बगेको पानी मिसिंदा बहाव बढेर २ लाख ५० हजार क्यूसेक प्रति सेकेण्डसम्म हुन सक्ने र त्यसले कुनै असर नगर्ने उनले बताए ।
“पानी यहाँसम्म आउन कम्तिमा पनि १४ घण्टा लाग्छ । हामीले आवश्यक सतर्कता अपनाएकै छौं,” सुखविन्दरले भने ।
प्रमुख सिंहका अनुसार सर्वसाधारण यसबाट त्रसित हुनु पर्दैन ।
श्रवणकुमार देव, राजविराज
