समाचारआइतबार, भाद्र २२, २०७१
एसएलसी पूरक परीक्षामा ६५.२२ प्रतिशत उतीर्ण
एसएलसी पूरक परीक्षाको २२ भदौमा प्रकाशित नतिजा अनुसार ७८ हजार ४५३ (६५.२२ %) परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिएका छन ।
कूल एक लाख २० हजार ३१७ जना परीक्षार्थी सहभागी रहेको परीक्षामा दुई हजार १ प्रथम श्रेणीमा, ५९ हजार ८६ दोश्रो श्रेणीमा र १७ हजार ३६६ जना तृतीय श्रेणीमा उतीर्ण भएका छन् ।
६८ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको २४४ जनाको परीक्षाफल स्थगित गरिएको छ ।
२०७० सालको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन भएको हो ।
