थप समाचारसोमबार, भाद्र २३, २०७१
बर्दिवास–ढल्केवर खण्डमा गाडी चल्यो
महोत्तरी र धनुषाको सीमामा रहेको रातु नदीको पुल बगेपछि अवरुद्ध यातायात २२ भदौ रातिदेखि संचालनमा आएको हो । रातु नदीको पुलमा बेलिब्रिज जडान भएपछि गाडी चल्न थालेको सडक डिभिजन कार्यालय मजेलियाले जनाएको छ ।
गाडी सिधै चल्न थालेपछि अब ८० किलोमिटरको थप यात्रा गर्न नपर्ने भएको छ । पुल नहुँदा पूर्वपश्चिम राजमार्गमा सवार यात्रुले बर्दिवास–जलेश्वर, जलेश्वर–जनकपुर र जनकपुर–ढल्केवर गरी ८० किलोमिटर थप यात्रा गर्नुपर्ने बाध्यता थियो ।
रातु नदीमा २८ साउनमा आएको बाढीले पुलको पिलर भाँसिदा सडक अवरुद्ध थियो ।
बेलिब्रिज जडान भएपछि बस, जिप, कार, मोटरसाइकल लगायतका हलुका सवारी साधन मात्रै संचालन गरिएको कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर देवेन्द्र साहले जानकारी दिए । उनले मालबाहक सवारीसाधन भने अवस्था हेरेर मात्र चल्न दिइने बताए ।
रासस
