थप समाचारसोमबार, भाद्र २३, २०७१
संविधान निर्माणमा सक्रिय छौंः नेता नेपाल
एमालेका वरिष्ठ नेता नेपालले नेपाली जनताको चाहना अनुरुप नै दलहरु नयाँ संविधान निर्माणमा जुटिरहेको दावी गरेका छन् । विश्व प्रजातान्त्रिक युवा संघले २३ भदौमा गरेको छलफलमा उनले भने, “संविधान निर्माणका लागि राजनीतिक दलहरु सहमति, सहकार्य र एकताका माध्यमबाट अगाडि बढिरहेका छन् ।”
उनले संविधान निर्माणको क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई संवादका माध्यमबाट हल गर्ने प्रयास भइरहेको बताए । समयमै संविधान जारी गर्न युवा वर्गले दलहरुलाई दबाब दिनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा युवा वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्, त्यसैले समयमै संविधान जारी गर्नका लागि युवा वर्गले दलहरुलाई सचेत बनाइराख्नुपर्छ ।”
