समाचारसोमबार, भाद्र २३, २०७१
अत्याचारको परिणाम समानान्तर कमिटीः पौडेल
एमाओवादी नेता भट्टराई पक्षले गोरखाबाट पार्टीको युवा दस्ता वाईसीएलको समानान्तर कमिटी गठन गरेका छन् । भट्टराई पक्षले २३ भदौमा पूर्व केन्द्रीय सदस्य समेत रहेका रमेश पोखरेलको अध्यक्षतामा वाईसीएलको समानान्तर कमिटी गठन गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य कृष्ण शर्मा र समानान्तर जिल्ला अध्यक्ष यानप्रसाद शर्मा नै सहभागी भएर वाईसीएलको समानान्तर कमिटी गठन भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षले अत्याचार गरेका ठाउँहरुमा समानान्तर कमिटी गठन हुँदै जाने नेता देवेन्द्र पौडेलले हिमाल खबरसँग बताए । उनले भने, “अत्याचार सहेर बसिरहन नसक्दा समानान्तर कमिटी गठन हुँदै गएका हुन् ।”
