थप समाचारसोमबार, भाद्र २३, २०७१

संविधानमा एकल महिलाको अधिकार सुनिश्चित गर्न माग

हिमालखबर

नयाँ संविधानमा आमाको नाममा नागरिकता दिने व्यवस्था कार्यान्वयन लगायतको माग राख्दै  एकल महिलाको क्षेत्रमा काम गर्दै आएको समिदा वुमेन डेभलपमेन्ट फोरमले  शान्तिपूर्ण धर्ना दिएको छ । फोरमले नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिएको हो ।

फोरमले नयाँ बन्ने संविधानमा एक महिला र उनका बालबालिकाको हकहितको सुनिश्चितता हुनुपर्ने माग पनि अघि सारेको छ । एकल महिलाका बालबालिकाको लालनपालन र कानुनी अधिकार पाउनुपर्ने फोरमको माग छ ।

फोरमकी अध्यक्ष समी थापाले  आफ्ना माग गम्भीरतापूर्वक उठाइदिन दलका नेता, सभासद र सम्पूर्ण मानवअधिकारकर्मीसँग आग्रह गरिन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>