समाचारमंगलबार, भाद्र २४, २०७१
भण्डारीको नेतृत्वमा ‘पीएलए’ गठन
नेकपा–माओवादी निकट कानून व्यवसायीको पहिलो राष्ट्रिय सम्मेलनले एकराज भण्डारीको अध्यक्षतामा पीएलए गठन गरेको हो । १९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्वाञ्चलबाट बैकुण्ठ दाहाल, मध्यमाञ्चलबाट भोजराज सुवेदी, पश्चिमाञ्चलबाट ज्ञानु केसी, मध्यपश्चिमाञ्चलबाट तीर्थ ज्ञवाली र सुदूरपश्चिमाञ्चलबाट रामबहादुर केसी छन् ।
राजधानीमा २३ भदौमा भएको पहिलो राष्ट्रिय सम्मेलनले महासचिवमा केदार गुरागाइँ, सचिवमा कपिल पोखरेल र कोषाध्यक्षमा हरिन्द्र राईलाई चुनेको छ । दुई वर्ष अघि भेला मार्फत तदर्थ समिति बनेकोमा अहिले राष्ट्रिय सम्मेलन गरेर पीएलएले नयाँ कार्यसमिति चुनेको हो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले न्यायपालिकाका विकृति र विसंगति हटाउन निरन्तर संघर्ष चलाउने बताए । उनले सबै कानून व्यवसायीको साझा संगठन बार एशोसियसन नै भए पनि न्यायालय, मानवअधिकार र पेशागत स्वतन्त्रताबारे आफूहरूका फरक विचार भएकाले छुट्टै संगठन बनाएर क्रियाशिल हुनु परेको बताए ।
