समाचारमंगलबार, भाद्र २४, २०७१
घुस लिंदै गर्दा सहायक वन अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापाको इलाका वन कार्यालय बेलडाँगीका सहायक वन अधिकृत जीवन पाठकलाई घुस लिंदै गर्दा पक्राउ गरेको छ ।
२४ भदौ बिहान झापाको लखनपुर १ को दुर्गा फर्नीचरका मालिक गोबिन्द श्रेष्ठबाट २८ हजार रुपैयाँ लिँदैगर्दा पाठक रंगेहात पक्राउ परेको अख्तियारको इटहरीस्थि कार्यालयले जनाएको छ ।
गत २६ वैशाखमा बरामद काठको मुद्दा सल्टाइदिने भन्दै पाठकले लखनपुर–१स्थित न्यु फूलबारी होटलमा श्रेष्ठबाट घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गोपाल गगडतौला, झापा
