समाचारमंगलबार, भाद्र २४, २०७१

कांग्रेसले समाजवाद बिर्सेको छैनः प्रधानमन्त्री कोइराला

हिमालखबर

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको १८ आंै वार्षिकोत्सव एवम् बीपी कोइरालाको जन्म शतवार्षिक दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कांग्रेसले समाजवादलाई बिर्सिएको नभई समाजवादकै नीतिमा अघि बढिरहेको दाबी गरे ।

कोइरालाले समाजवादको व्यावहारिक प्रयोगले मात्र नेपाल जस्ता तेस्रो विश्वका विकासोन्मुख मुलुकको समृद्धि हुने बताए ।

समाजवादले मात्र राष्ट्रियता र प्रजातन्त्रको रक्षा हुने बताउँदै प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रमा मात्र आर्थिक समृद्धि हासिल हुने भएकाले यसको संस्थागत विकासका लागि संविधान निर्माण पहिलो शर्त भएकोमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले लायन्स नेत्र अध्ययन केन्द्रलाई विस्तार गर्न आफ्नो सरकारको तर्फबाट सम्पूर्ण सहयोग हुने बताउँदै केन्द्रको प्रगतिका लागि स्वायत्तताको खाँचो रहेको औल्याएका थिए ।

यसैबीच प्रधानमन्त्री कोइरालाले अस्पताल परिसरमा स्थापित बीपी कोइरालाको सालिक अनावरण गरी माल्यार्पण गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>