थप समाचारमंगलबार, भाद्र २४, २०७१

मालपोत कर्मचारीले घुस मागेपछि तनाव

हिमालखबर

कावासोती मालपोत कार्यालयका कम्प्युटर अपरेटर सन्तोष रेग्मीले जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) दिनका लागि गैंडाकोट–९ का दिवाकर पौडेलसँग ५०० रुपैयाँ मागेपछि कार्यालयमा सेवाग्राही र लेखापढी ब्यबसायीले हो–हल्ला गर्दा कार्यालय परिसर केही बेर तनावग्रस्त भएको छ ।

जग्गाको सबै काम सकिएपछि लालपूर्जा लिन जाँदा कर्मचारी रेग्मीले लालपूर्जाका लागि हातको इशाराले ५०० रुपैयाँ मागेको मागेको पौडेलले बताए ।

कम्प्युटरबाट लालपुर्जा प्रिन्ट भइसकेपछि पनि घर्रामा राखेर, छैन भन्दै रेग्मीले पौडेलसँग रकम मागेको पौडेलको दाबी छ ।

कार्यालयमा अन्य सेवाग्रहीहरुले पनि रेग्मीले पहिल्यैदेखि केन्द्रसम्म आफ्नो पहुँच भएको भन्दै खुलेआम घुस माग्ने गरेको आरोप लगाएका छन् ।

लेखापढी व्यवसायी संघका अध्यक्ष मणी भुषालले भने, “पैसा नदिएसम्म लालपुर्जा नै नदिनु त अति नै हो, यसपटक बल्ले फेला परे ।”

रेग्मीले सेवाग्राहीको नाम थर ठेगाना गलत प्रिन्ट गरेर समेत दुख दिने गरेको भुषालले बताए ।

सेवाग्राहीको जुलुस कार्यकक्षमा आएपछि रेग्मीलाई सचेत बनाउने काम गरेको मालपोत कार्यालय कावासोतीका निमित्त प्रमुख कृष्णबहादुर बानियाँले बताए ।

“विभाग र माथिल्लो निकायमा कम्प्युटर अपरेटर सन्तोष रेग्मीले गरेको कामको जानकारी गराएको छु,” उनले भने । घुस मागेको खबर फैलिएपछि रेग्मीले आफ्नो फाँट छोडेर हिडेका थिए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>