समाचारमंगलबार, भाद्र २४, २०७१
गृहमन्त्री गौतम घाइते
पहिरो खसेर ताल बनेको सिन्धुपाल्चोकको सुनकोशी नदी निरीक्षणमा गएका गृहमन्त्री गौतम चिप्लेर लडेर घाइते भएका हुन् । २४ भदौ दिउँसो उनी निरीक्षणका लागि सिन्धुपाल्चोकको जुरे पुगेका थिए ।
निरीक्षणपछि फर्किने क्रममा चिप्लेर लड्दा उनको खुट्टामा चोट लागेको र पाँच टाँका लगाइएको उनका स्वकीय सचिव शैलेन्द्र राउतले जानकारी दिए ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । केहीबेर आराम गरेर उनी २४ भदौमै काठमाडौं फर्किने कार्यक्रम रहेको स्वकीय सचिव राउतले जानकारी दिए ।
