समाचारमंगलबार, आश्विन १६, २०६९

सत्तापक्षद्वारा जनपरिचालनका कार्यक्रम स्थगित

हिमालखबर

१५ असोजमा एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकले राजनीतिक सहमतिका लागि कार्यक्रमहरू स्थगित गरेको जनाएको छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले दलहरूबीच सहमति निर्माण गर्न जनपरिचालनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिए ।

बैठकमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जनपरिचालनका कार्यक्रम स्थगित गरेर सहमतिका लागि आफूहरू तयार भए पनि नेपाली काँग्रेस र नेकपा एमाले सहमतिमा नआए गठबन्धनले बाध्य भएर पुनः जनपरिचालनका कार्यक्रम अगाडि सार्ने वताए ।

गठबन्धनले काठमाडौँ, विराटनगर, जनकपुर, वीरगन्ज, नेपालगञ्जलगायतका प्रमुख सहरहरूमा जनपरिचालनसहित आमसभा गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

१४ असोजमा राष्ट्रपतिले राष्ट्रिय सहमति कायम गर्न दलहरुलाई दवाब दिएपछि दलहरु सहमतिका लागि छलफलमा जुटे पनि सहमति बन्ने बारेमा भने नेताहरु आफैं विश्वस्त छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>