समाचारबुधबार, भाद्र २५, २०७१
सरकारले होइन आयोगले चुनाव गराउनुपर्छ : उप्रेती
जिल्ला निर्वाचन कार्यालयको उद्घाटन गर्न २५ भदौमा पाल्पा पुगेका प्रमुख आयुक्त उप्रेतीले संविधानमै व्यवस्था गरेर आयोगले कानुन अनुसार चुनाव गराउन पाउनुपर्ने बताएका छन् । उप्रेतीले भने, ‘सरकारले चुनाव गराउने व्यवस्था हुँदा लोकतन्त्रको उपहास भइरहेको छ ।’
दलहरुले आफुले जित्ने अवस्था हेरेर सरकारमार्फत चुनावको मिति घोषणा गर्ने विधिको अन्त्य हुनुपर्ने बताए । आयोगले सँधै सरकारले कहिले चुनाव गराउन अनुरोध दिन्छ भनेर कुरेर बस्नुपर्ने आयोगको बाध्यता रहेको उनको भनाई थियो ।
आयोगले चुनाव गराउने कानुन नआएसम्म चुनाव नियमित हुन नसक्ने उप्रेतीले बताए ।
-देब पचभैया, पाल्पा
