समाचारबुधबार, भाद्र २५, २०७१
एन्फा कप फुटबलको उपाधि झापालाई
२५ भदौमा दशरथ रंगशालामा भएको एन्फा कपको फाइनलमा संकटालाई ४–० ले हराउँदै झापा–११ ले उपाधि जितेको छ ।
उपाधिसँगै झापाले रु. १० लाख हात पारेको छ भने दोस्रो हुने संकटाले ५ लाखमा चित्त बुझाउनु पर्यो ।
खेलको ४३ औं मिनटमा झापाका तर्फबाट नागेन्द्र लिम्बुले पहिलो गोल गरेका थिए ।
५३ औं मिनटमा दोस्रो पहेंलो कार्ड पाएर सुरज थिङ मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको संकटालाई झापाका कर्ण लिम्बुले ७६ औं मिनटमा पेनाल्टी प्रहार गरी २–० को अग्रता दिलाए ।
त्यसैगरी ८६ औं मिनटमा विकास राई र ८८ औं मिनटमा बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए ।
सेमी फाइनल सम्म पुगेका आर्मी र एपीएफले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
