समाचारबुधबार, भाद्र २५, २०७१
अग्नी खरेल एमालेको प्रमुख सचेतक
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभासद अग्नी खरेललाई २५ भदौमा प्रमुख सचेतक चयन गरेको केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले हिमालखबरलाई बताए । खरेल मनोनित २६ मध्ये एमाले कोटाबाट सभासद बनेका हुन् ।
संविधानसभाको चुनाव सकिए लगत्तै पार्टी महाधिवेशनमा जुटेको एमालेले सचेतक छान्न सकेको थिएन । यसअघि सभासद राजेन्द्र पाण्डेले सचेतकको भूमिका निर्वाह गर्दै आएका थिए ।
एमालेले प्रमुख सचेत चयन गरेपनि उपसचेतक भने चयन गर्न सकेको छैन ।
