समाचारमंगलबार, आश्विन १६, २०६९

पोखरेलीहरुले सिंहदरबार घेरे

हिमालखबर

बस, कार, जीप, मोटरसाइकल लगायतका सवारी साधनले सिंहदरबार घेराउ गर्न आएका उनीहरुलाई प्रहरीले सिंहदरबार वरपरको सडकभन्दा बाहिरै रोकेको थियो । करिब एक घण्टा सवारी साधनका साथ बबरमहलमा नाराबाजी गरेर  आन्दोलनकारीहरु फिर्ता भएका छन् ।

‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउन काठमाडौ जाऔ’ भन्ने नाराका साथ रयालीसहितको घेराउमा आएका उनीहरुले घेराउबाट सिंहदरबारलाई घचघचाउने काम भएको वताएका छन् । सरकारले आफ्ना कुरा नसुने आन्दोलनका थप कार्यक्रम पनि गरिने अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिले जनाएको छ ।

सिंहदरबार घेर्न आउँदै पोखरेलीहरु

सिंहदरबार घेर्न आउँदै पोखरेलीहरु पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारलाई दवाब दिन पोखराबासीहरुले आज सवारी साधनले सिंहदरबार घेर्ने भएका छन् ।

आ–आफ्ना सवारी साधनले देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्न पोखरासाथै लम्जुङ् र तनहुँबाट पनि आन्दोलनका समर्थकहरु बिहानै काठमाडौंका लागि प्रस्थान गरिसकेको स्थानीय पत्रकार राजेन्द्र अधिकारीले जानकारी दिए ।

‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउन काठमाडौ जाऔ’ भन्ने नाराका साथ काठमाडौंका लागि हिंडेकाहरुले सवारी साधनले चारैतिरबाट सिंहदरबार घेर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका सदस्य आनन्दराज मुल्मीले जानकारी गराए । “हामी पहिले कलंकीमा जम्मा भएर एकसाथ सिंहदरबारतर्फ बढछौं, उनले भने, “त्यसपछि सिंहदरबार घेरेर केही मिनेट हर्न बजाउने कार्यक्रम छ ।” पोखरेलीको आवाज सिंहदरबारमा बस्नेलाई सुनाउन यस्तो गर्न लागेको उनले वताए । घेराउ कार्यक्रम करिब एक घण्टा चल्ने छ ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिन पोखरा विमानस्थल अगाडि शुरु गरिएको रिले अनसन पनि जारी नै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>