थप समाचारबिहीबार, भाद्र २६, २०७१

इलामबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० घाइते

हिमालखबर

चितवनको दारेचोक–३ कुरिनटारमा २६ भदौ बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलामबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७१३७ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो ।

घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>