थप समाचारबिहीबार, भाद्र २६, २०७१

आइएसलाई निमिट्यान्न पारिन्छ: ओबामा

हिमालखबर

ओबामाले टेलिभिजनमार्फत दिएको राष्ट्रब्यापी सन्देशमा अमेरिकालाई चुनौति दिने कुनै पनि आतंकवादी संगठनलाई विश्वमा कतै पनि टिक्न नदिने बताएका छन् ।

उनले इराक र सिरियामा इस्लामिक स्टेट (आइएस)का अखाडामा हवाइ आक्रमण गरिने भन्दै ४७५ सैन्य अधिकारीहरु इराक पठाउने बताए ।

अमेरिकी सेनाले आइएसका विरुद्ध लडिरहेका सेनाको मद्दत गरे पनि सिरियाका राष्ट्रपति बशर अल असललाई भने सहयोग नगर्ने ओबामाले स्पष्ट पारे ।

टेलिभिजन भाषणमा उनले इराकी सरकारसँग मिलेर आफ्ना नागरिकहरुको रक्षा र मानवीय मिसनलाई अघि बढाउने उल्लेख गरेका छन् ।

ओबामाले आइएसविरुद्धको लडाइँमा अमेरिकी कंग्रेसले स्वीकृति दिने भन्दै नदिए पनि आइएसलाई कार्वाही गर्ने अधिकार आफूमा भएको बताए ।

उनले अमेरिकी सेना सिरिया र इराकमा स्थल युद्धमा भने सहभागी नहुने पनि प्रष्ट पारेका छन् ।

आईएस इराक़, सीरिया र मध्य-पूर्वका लागि ख़तरा भन्दै ओबामाले मानिसहरुको स्वतन्त्रताप्रति आफ्नो सँधै रहने बताएका थिए ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>